व्याजदर घटाउन व्यवसायीको आग्रह पछि प्रधानमन्त्रीले दिए अर्थमन्त्रीलाई निर्देशन, बैंंकर भन्छन्ः कार्यान्वयनमा चुनौती

काठमाडौं ६, फागुन । उद्योगी व्यवसायीहरुको टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकको ब्याजदर धान्नै नसकिने भएको भन्दै घटाउन आग्रह गर्याे । बैंकको ब्याजदर अत्यत महँगो भएको हुँदा उद्योग व्यवसाय चलाउन गाह्रो परेको भन्दै व्याजदर कम गर्न प्रधानमन्त्रीलाई उद्योगी व्यवसायीहरुको माग गरेका हुन् ।

उद्योगी व्यवसायीको गुनासो गर्न पुग्दा अर्थ मन्त्री डा. युवराज खटिवडा र गर्भरन डा.चिरन्जिवी नेपाल पनि संगै थिए । सो पछि प्रधानमन्त्रीको साथ मै रहेका अर्थमन्त्री ले ३ दिनभित्र ब्याजदर घटाउन अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिएपछि व्यवसायीहरु ब्याजदर घट्ने आशा बोकेर बालुवाटारबाट फर्किएका छन् । सोही विषयमा छलफलका लागि अर्थमन्त्री एवं राष्ट्र बैंकका गर्भनरले उद्योगी व्यवसायीलाई सोमबार सिंहदरबारमा बोलाएका छन् ।

प्रधानमन्त्रीले तीन दिनभित्रै ब्याजदर घटाउन बैंकहरुलाई निर्देशन दिन अर्थमन्त्रीलाई भने पनि प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा आउन जटिलता रहेको बैंकर्स एसोसिएसनका कतिपय बैंकरहरुको भनाई छ । त्यसे गरि राष्ट्र बैंकका अधिकारीहरु पनि ब्याजदर राष्ट्र बैंकले तोक्ने नभई बजारले निर्धारण गर्ने बताउँछन् । प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अर्थमन्त्री खतिवडा भने दुविधामा छन् । उनले बैंकको ब्याजदर घटाउन दवाव दिन पर्ने र प्रधानमन्त्रीको निर्देशन पालन गर्नुपर्ने अहिले जटिल समस्यामा छन् ।

ब्याज घटाउन व्यवसायी सडकमाः
देशका प्रमुख औद्योगिक सहरहरुबाट बैंकको ब्याजदर अत्यधिक भएको भन्दै ब्यवसायीहरु सडकमै उत्रेर विरोध भइरहेको छ ।
विगतका वर्षहरुमा बैंकको ब्याजदर बढ्दा विरोध गर्ने शैली यस पटकको शैली भने फरक छ । बिराटनगर र भैरहवाका उद्योगी व्यवसायीले जुन तरिका अपनाएका छन् यो सोचनिय छ । जसरी राजनीतिक दलका कार्यकर्ता आफ्ना माग पुरा गराउन उत्रन्छन् सोहि शैलीमा सडकमै उत्रेर विरोध गरेका छन् । भैरहवामा उद्योगी व्यवसायीहरुले सडकमा नारा जुलुस लगाउँदै ‘ब्याजदर आतंक’को विरोध गरे । उनीहरुले नेपाल राष्ट्र बैंकको भैरहवा कार्यालयका निर्देशकमार्फत गभर्नरको ध्यानाकर्षण समेत यस अघि गराइसकेका थिए । यस विषयलाई लिएर केही दिनअघि मात्रै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक समेत गरेका छन् ।

बैंकहरुले वृद्धि गरेको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँदै व्यवसायीले ब्याजदर नघटे तालाचाबी सरकारलाई बुझाएर राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा तालाबन्दी गरी धर्ना दिनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा समेत गरे ।
उद्योग वाणिज्य महासंघको अध्यक्षले यसको नेतृत्व लिने भएपछि अहिले उद्योगी व्यवसायीहरु केही नरम देखिएका छन् । यही क्रममा शनिबार बिराटनगरका उद्योगी व्यवसायी र महासंघका पदाधिकारीले बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीसँग छलफल गरेका थिए ।

बैंकको ब्याजदरका विषयमा विषयमा संसदीय समितिमा पनि सांसदहरुले कुरा उठाउँदै आएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको गत बिहीबार बसेको बैठकमा सांसद प्रमोद शाहले ब्याजदरको विषय उठाएका थिए । कर्जाको ब्याजदर महंगो हुँदा उद्योग धन्दाहरु चल्न गाह्रो परेको भन्दै उनले सरकारले यस विषयमा पनि सोच्नुपर्ने बताए ।
दसै तिहारलगत्तै देखिएको निक्षेपको ब्याजदर आतंक लाई राष्ट्र बैंककै कारण नियन्त्रणमा आएको दाबी राष्ट्र बैंकका अधिकारीहरुको छ । निक्षेपमा १३ प्रतिशतसम्म पुगेको ब्याजदर यतिबेला १० प्रतिशत भन्दा तल पुगेको छ । यद्यपि, राष्ट्र बैंकले बैंकिङ ब्याजदर निर्धारण गर्न नपाउने र बैंकको ब्याजदर बजारले निर्धारण गर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

उद्योगी व्यवसायीहरुले अहिले भनेको ब्याजदर चांही कर्जातर्पmको हो । केही वर्ष पहिले ७ प्रतिशतमा लिएको कर्जाको ब्याजदर अहिले बढेर १४ पुगेको भन्दै उनीहरुले विरोध गरिरहेका छन् । व्याजदर बढ्नुको मुख्य कारण भनेको आधार दर स्प्रेड दर ९कर्जा र निक्षेपको ब्याजदरको अनुपात० नै रहेको बैंकको दाबी छ ।
यसमा राष्ट्र बैंकले चासो दिएको बैंकका अधिकारीहरुको तर्क छ । व्यवसायीहरुमा जतिसक्दो सस्तो व्याजदरमा कर्जा लिन पाउनुपर्ने र महंगो ब्याजदरमा निक्षेप राख्न पाउनुपर्ने चाहना भएकाले समस्या देखिएको राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटी बताउँछन् । व्यवसायीहरु ७ प्रतिशतमा व्याजदरमा कर्जा लिने र १२ प्रतिशतमा निक्षेप राख्ने चाहना राख्नुहुन्छ, त्यो कसरी सम्भव हुन्छ ? डेपुटी गभर्नर सिवाकोटीले भने, ब्याजदर क्रमशः घटिरहेकै छ, राष्ट्र बैंक पनि कसरी कम गर्न सकिन्छ भनेर आवश्यक काम गरिरहेकै छ ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालगायतको टोलीले बिराटनगर पुगेर डेपुटी गभर्नरसँगको छलफलबाट चित्त नबुझेपछि बिराटनगरका उद्योगीहरु शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
ब्याजदर आकाशिएको भन्दै सडकमै उद्योगी व्यवसायीहरु उत्रिरहँदा बैंकर्स एशोसिएसनले भने उनीहरुले भने जसरी बैंकिङ ब्याजदर वढि नभएको दाबी गरेको छ । मंगलबार ब्याजदरकै विषयमा बिराटनगरमा भएको छलफलमा सहभागी भएर काठमाडौं फर्किएका एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी व्यवसायीहरु आत्तिनै पर्ने गरी ब्याजदर नबढेको बताएका थिए ।
ब्याजदर बजारले निर्धारण गर्ने भन्दै ढुंगानाले कुनै पनि बैंकले आफु खुसी नेपाल राष्ट्र बैंकको नीति नियम बाहिर गएर ब्याज नलिएको पनि दाबी गरे ।

पछिल्लो समय बैंकको मुनाफा धेरै भयो भनेर मिडियामा आएका कारण पनि उद्योगी व्यवसायीहरु आत्तिएको उनले बताए । धेरै मुनाफा बैंकले कमाएको भनेपछि ब्याज सस्तो हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको ढुंगानाले बताए । अध्यक्ष ढुंगानाका अनुसार यतिबेला कर्जाको ब्याजदर १४ प्रतिशतको हाराहारीमा छ र यो पनि घट्ने क्रममा रहेको छ ।
नेपाल बैंकर्स संघका अनुसार हाल कर्जाको ब्याजदर १५ प्रतिशत भन्दा तल छ भने निक्षेपको ब्याजदर ९.५० प्रतिशतको हाराहारीमा छ । कर्जाको ब्याजदर निर्धारण गर्न महत्वपूर्ण मानिने बैंकको आधार दर (बेस रेट) पनि औसतमा घटेको बताउँदै यसले बैंकको ब्याजदर थप घटाउन मद्दत पुग्ने नेपाल बैंकर्स संघको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्