आज सुनको मूल्य बढ्यो भने चाँदी घट्यो
काठमाडौं, २२ मंसिर । नेपाली बजारमा आज सोमबार, सुनको मूल्य बढेको छ । तर भने चाँदीको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात आइतबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तोलाको तीन हजार ५८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो । बिवाह सिजन सुरु भएको बेला सुनको मुल्य बढ्दा खरिद कर्तालाई निकै समस्या परेको छ ।















प्रतिक्रिया दिनुहोस्