सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैकास्योरेन्स सम्झौता
कठमाडौं, ३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गर्नु भएको छ ।
यस सम्झौताअन्र्तगत कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।















प्रतिक्रिया दिनुहोस्