प्रमुखको नियुक्तिको तयारी थाल्दै सरकार , सपथ खान्छ कि खादैन गठवन्धनले ?

काठमाडौं । सरकारले आगामी विहिबारको मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी थालेको छ ।
राष्ट्रियसभा निर्वाचन अध्यादेश सम्वन्धी विवाद्को टुङ्गो नलागे पनि प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भैरहेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ दल र पार्टी्भित्र छलफल थालेका छन ।
कुनै राजनीतिक दलसँग आवद्द नभएका र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने गरी प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् । बाम गठवन्धनले भने वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखसँग सपथ नखाने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्