सी ई.ग्रुप अफ कम्पनीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी.ई.ग्रुप अफ कम्पनीले यस कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमले रगतको अभावलाई सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
बुधबार सी.ई.ग्रुप अफ कम्पनीका प्रमुख बिजय राजभण्डारीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक उत्तरदायित्वमा संस्थाको ठूलो भूमिका रहने कुरा बताए । प्रमुख भण्डारीले यसरी रक्तदान गरी सेवा गर्ने मौका पाएकोमा आफु अत्तिनै हर्षित भएको बताए । यस्ता किसिमका सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि गर्दै जाने कुरामा जोड दिए ।
उक्त रक्तदान कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण र डाक्टर परामर्श पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्