माछापुच्छ्रे बैंकको ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन (फोटोफिचर)

काठमाडौं, २ फागुण । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बंैकिङ्ग सेवा एकैपटक संचालन माल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याई रहेको छ ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुविधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्