उन्नति माइक्रोफाइनान्सको २० प्रतिशत हकप्रद फागुन १३ देखि आउँदै

जागरण न्युज
काठमाडौं, फागुन २ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेदेखि २० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ ।

कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा आवेदन दिन माघ १५ गतेसम्म सेयरधनी बनिसक्नु पर्नेछ । हकप्रद भर्ने म्याद चैत्र १७ गतेसम्म हुनेछ । यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

हाल वित्तीय संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । २० प्रतिशत हकप्रदपछि ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । हकप्रदको आवेदन केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

उन्नतिको माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट ४०.५० प्रतिशत बोनश र २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अहिले बिक्री गर्न लागिएको २० प्रतिशत हकप्रद र यो बोनसपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । उन्नतिले यस पुँजीबाट फेरि अर्को २० प्रतिशत हकप्रद निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्