युनियन हाइड्रोपावरको आउने भयो ३५ लाख ३४ हजार कित्ता आइपीओ
जागरण न्युज
काठमाडौ, फागुन २ । युनियन हाइड्रोपावरले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति पाएको हो । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने भनेको थियो ।
कम्पनीले आयोजना प्रभावितका लागि खुला गर्दा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडेर अब ३५ लाख ३४ हजार ३४० कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई साउन १४ गतेदेखि भदौ १२ गतेसम्म ७ लाख ५० हजार कित्ता आइपीओ खुला गरेको थियो ।
आइपीओमा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हाइड्रोपावरको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
प्रतिक्रिया दिनुहोस्