थला परेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै

काठमाडौं । आन्तरिक उडान भर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्र्ने भएको छ । ।
अन्तर्राष्ट्रिय उडान भर्नका लागि श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति माग गरेकाले निकट भविष्यमा नै अन्तराष्ट्रिय उडान सुरु
गर्न भएको हो ।
स्वदेशको ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । श्री एयरलाइन्सका सञ्चालक सुधिर मित्तल अब भारतसँगै यसले बैंकक तथा श्रीलंका र कोलम्बोमा समेत उडान गर्ने योजना बनाएको बताएका छन् ।

 

अहिले श्री एयरलाइन्सले भद्रपुर, बिराटनगर, भैरहवा नेपालगंज र धनगढीमा उडान भरिरहेको छ । भरतपुर र पोखरा विमानस्थल रन(वे सानो भएका कारण उडान गर्न नसकेको उनको भनाइ छ ।

श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन् । क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमाननै यसले अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने भएको छ ।

श्रीसँग अहिले ७० सिटे एउटा र ५० सिटे दुईवटा जहाज छन् । जसले भरतपुर र पोखरा बिमानस्थलबाट उडान भर्नका लागि कठीन छ ।

अहिले भएका गन्तब्यबाट मात्रै राम्रो मुनाफा गर्न नसक्ने देखिएपछि श्रीले भारतको पनि उडान थाल्न लागेको हो । अब नेपालमा उडान भर्नका लागि आफुहरुसँग गन्तब्य नै बाँकी नभएका कारण अन्तर्राष्ट्रिय उडान गर्न खोजेको मानन्धर बताउँछन् ।

श्री सँग भएका जहाजले नियमित ४ घन्टा सम्म उडान गर्न सक्छन् । ४ घन्टामा श्रीलंका, बैंकक र भारतसम्म पुगिने भएका कारण यी गन्तब्य आफ्नो रोजाइमा परेको मानन्धरको भनाई छ ।

आन्तरिक उडानका लागि उडान अनुमति पाउनका लागि यसले ठूलो सास्ती बेहार्नु परेको थियो । गत चैतमा विमान ल्याएको यसले साउनदेखि मात्रै उडान थालेको थियो । लामो समय उडान नगरी होल्ड भएर विमान बस्दा यसले ठूलो आर्थिक नोक्सानी समेत बेहोर्नुपरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्