एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुप डेढ अर्ब ऋण ल्याउने सम्झौता

काठमाडौं, १ फागन । एनएमबी बैंक लिमिटेडले बेलायतको सिडिसी ग्रुप सँग एक करोड ५० लाख डलर (डेढ अर्ब ) रुपैयाँ ऋण ल्याउने सम्झौता गरेको छ । बैंकले तीन वर्षको लागि उक्त ऋण पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु कर्जा, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने उद्वेश्यले ऋण ल्याउने सम्झौता गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले अफ्रिका र दक्षिण एसियाली देशहरुमा रोजगार सिर्जना गरेर आर्थिक विकास गर्ने उद्देश्यसहित लगानी गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा भित्र्याउन खुला गरेपछि बैंकले अहिलेसम्म तीन पटक गरेर तीन अर्ब रुपैयाँ भन्दा धेरै ऋण ल्याउनेछ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावले पछिल्लो समय बैंकमा व्याजदरको प्रतिस्पर्धा चलिरहेको बेला यस्तो सम्झौता गरि ऋण ल्याएको हो । निक्षेपको तुलनामा ऋणको माग अत्याधिक भएकाले र मुलुकले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेट्याउन ५ खर्ब अतिरिक्त रकम चाहिने बैंकर बताउँछन् ।

उनका अनुसार आवश्यक रकम आन्तरिक स्रोतबाट जुटाउन सम्भव नभएकोले विदेशबाट ल्याउनुपर्ने अवस्था छ । विदेशबाट सजिलै ऋण भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले हेजिङको व्यवस्था गरेको र सहजीकरणको खाँचो रहेको केसीले बताए । बैंक अध्यक्ष पवन गोल्यानले लगानी गर्नका लागि ठूला आयोजना आएको बताउँदै त्यसका लागि आवश्यक स्रोत नपुगेकोले समस्या आएको बताए ।

बैंकहरुले निक्षेपको व्याजदरमा नियन्त्रण गरेर कर्जाको व्याजदर १५.१६ प्रतिशत नघाउनबाट रोकेको उनले दाबी गरे । उनले भने ुबैंकिङ क्षेत्र पनि नाफा गर्नकै लागि आएको हो तर नियम भन्दा बाहिर गएर कर्जा प्रवाह नगरेको बताए ।

बैंकिङ क्षेत्र सबैभन्दा धरै पारदर्शी क्षेत्र भएको हुँदा बैंकहरुले नाफा मात्रै कमाउन नखोजेको सिइओ केसीले बताए । उनले भने बजारमा कर्जाको अधिक माग छ । जसले गर्दा बैकहरुलाई निक्षेपको आवश्यकता धेरै छ । माग धेरै भएपछि बैंकहरुले स्वभाविक रुपमा व्याज बढाएर निक्षेप उठाउ छन्। निक्षेपको व्याज नबढाउने बैंकहरुको सहमतिले कर्जाको व्याजदर बढ्न रोकेको उनले दाबी गरे । यस्तो वित्तिय तरल अवस्थालाई मध्यनजर गर्दै विदेशी लगानी ल्याउनु विकल्प नभएको प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्