सिभिल बैंक लिमिटेड र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, १ फागुण । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स् सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यर सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतासँगै अब सानीमा लाइफका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताउनु भयो ।

सिभिल बैंकले यस अघि पनि जीवन बीमा कम्पनीहरु त्था निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्