गुराँस लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १ फागुण । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

कैलाश विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

कैलाश विकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत समते गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्