लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, १ फागुण । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि. बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री एन.पि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंले हस्ताक्षर गर्नुभएको हो ।















प्रतिक्रिया दिनुहोस्