कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त

काठमाडौ, १ फागुण । कामना सेवा विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

ेबैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निमित्त कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले आजैदेखि लागू हुने गरि नियुक्त गरेको बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले गत मंसिर ६ गते बस्नेतलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । गत भदौ ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले राजिनामा दिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी दिएको थियो । उहाँसंग बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ । यस नियुक्तिसंगै बैंकले आफ्ना गतिविधिहरुलाई अझ ससक्त रुपमा लैजाने विश्वास सञ्चालक समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्