शतप्रतिशत बोनस पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले कहिले बोलायो साधारण सभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न पुष २६ गते ३१ औँ बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर रु.५.२६ का दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्