के कारणले भयो त नेपाल र भारतको उर्जा सचिव स्तरीय बैंठक स्थगित ?

काठमाडौं । नेपाल र भारतको उर्जा सचिव स्तरीय बैंठक स्थगित भएको छ । चुनाव सम्पन्न भइसकेपछि नयाँ सरकार गठन नभइसकेका कारण बुधबार र बिहिबार बस्ने तय भएको बैठक स्थगित भएको हो ।

बैठकमा भारतले नेपालमा पठाउँदै गरेको बिजुलीको मूल्य बढाउने विषयमा छलफल गर्ने बुझिएको थियो । ऊर्जा मन्त्रालयले अहिलेलाई बैठक स्थगित गर्न आग्रह गरेपछि भारतले बैठक स्थगित गरेको उर्जा मन्त्रालयले जनाएको छ । बुटवल गोरखपुर ४ सय केभीको प्रसारण लाइन निर्माणको जिम्मा पनि निजी कम्पनीलाई दिने भारतीय पक्षको भनाइ छ ।

यसलाई कमर्सियल रुपमा निर्माण गनुपर्ने भारतले अडान राख्दैआएको छ । नेपालको उर्जा मन्त्रालयले भने यो दुई देशबीचका सरकार मिलेर निर्माण गर्नुपर्ने माग राख्दै आएको छ । बैठकमा यसविषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्