कामना सेवा विकास बैंकले न्यून आय भएका परिवारलाई सुरक्षित घर निर्माणमा सहुलियत कर्जा प्रवाह गर्ने
जागरण न्युज
काठमाडौं, २८ माघ । कामना सेवा विकास बैंक, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा पोखरा लेखनाथ महानगरपालिका क्षेत्रभित्र रहेका न्यून आय भएका १०० घरपरिवारलाई सुरक्षित घर निमार्णको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने त्रिपक्षिय सम्झौता भएको छ ।
पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख मानबहादुर जि. सी. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैंकको र्तफबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्ति आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडाध्यक्ष तथा सचिवहरु, बैंकका संचालकद्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले, बैंकका उच्चपदस्थ कर्मचारीहरु, महानगरपालिकाका कर्मचारीहरु, पत्रकार तथा विभिन्नलब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकलेABBS, Mobile Banking, Internet Banking, C- ASBA गायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया दिनुहोस्