जारी गर्नेभयो आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा साधारणसभा राखेको छ ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात् ६० करोड साधारण शेयर निष्कासन गर्नेछ ।
गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनी गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्