माछापुछ्रे बैंकको ‘एजुकेसन हब’ सेवा शुरु
काठमाडौं, २८ माघ । माछापुछ्रे बैंकले उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी‘एजुकेसन हब’सेवा शुरु गरेको छ ।
बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त‘हब’सञ्चालनमा ल्याएको हो । उक्त‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् ।
बैंकको काठमाण्डौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिककर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्तगर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।
विद्यार्थीहरुले सोही‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अष्टे«लियन भिषाशूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदिबारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ । यस बाहेक विद्यार्थीहरुले शाखामार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खातापनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वितहुने कुरामा बैंक विश्वस्थ रहनुका साथै उक्त सेवा आउँदा दिनहरुमाआफ्ना अन्य शाखामार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्