बैंक अफ काठमाण्डूको नाफा ३३.७१ प्रतिशतले बढ्यो, जगेडा कोषमा कति ?

जागरण न्युज
काठमाडौं, २८ माघ । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ३३.७१ प्रतिशतले बढी हो । गत वष बैंकले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा ६६ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी ३५.५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।

हालसम्म बैंकले ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष ७० अर्ब ७२ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ४१ करोड ६६ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा १.८६ प्रतिशतबाट बढेर २.०८ प्रतिशत पुगेको छ । कस्ट अफ फन्ड ७.६० प्रतिशत बाट बढेर ७.९१ प्रतिशत पुगेको छ । बैंकको बेस रेट १०.६० प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकको माघ १७ गते सम्पन्न साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयरपछि चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुगेको छ ।
बैंकको जगेडा कोषमा ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ४ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर २० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्