एभरेष्ट इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं, २८ माघ । एभरेष्ट इन्सुरेन्स कम्पनी लि.को १ लाख ९७ हजार ७१७ कित्ता लिलामी सेयर भर्ने सोमबार (माघ २८ गते) अन्तिम दिन रहेको छ ।

लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । कम्पनीले माघ २१ गतेदेखि संसथापक समूहमा रहने गरी सर्वसाधारणका लागि लिलामी सेयर खुला गरेको हो ।

कम्पनीले यसअघि मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता (१०५ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १ लाख ९७ हजार ७१७ कित्तामा आवेदन पर्न सकेको थिएन । हकप्रदमा नबिकेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं तथा सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्