नारायणगढ मुग्लिन सडकमा पुलको बार भत्केपछि भयो यातायात प्रभावित

काठमाडौं । गाडीको ठक्करले मंगलबार साँझ पुलको बार रेलिङ भत्केपछि नारायणगढ मुग्लिन सडक खण्डमा बुधबार गाडी चल्न सकेका छैनन् । मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिवप्रसाद खनालले जानकारी दिए।

‘पुलको रेलिङ भत्केपछि त्यहाँ दोहरो रुपमा गाडी चल्न सकेका छैनन् । बुधबार दिनभर यो सडक खण्डमा यातायात जामको समस्य पर्ने देखिन्छ’ सुचना अधिकारी खनालले भने । चीन सरकारले बाटो बनाउँदा सो पुल एक तर्फी रुपमा गाडी चल्न मिल्ने गरेर साढे पाँच मिटरको चौडा बनाएको थियो ।

पछि विस २०४८ साल तिर डिभिजन सडक कार्यालयले केही चौडा पारेर र रेलिङ थपेर सो पुल छ मिटर चाक्लो बनाएको इन्जिनियर खनालले बताए । ‘ रेलिङ बनाउने काम सुरु भएको छ।
राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १० हजारको हाराहारीमा गाडी ओहर दोहर गर्दछन् । पुल पनि क्षतिग्रस्त भएपछि थपिएको जामले यात्रुहरुलाई पिरोलेको छ।

 

प्रतिक्रिया दिनुहोस्