इन्धन खर्च निर्धारित सीमाभन्दा बढी, परिमाण पत्याउनै मुस्किल

काठमाडौं, माघ २७ । संघीय संसदका पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ ।

सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरुले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दावी गरेका हुन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कात्तिक १९ देखि २६ सम्म गृहजिल्ला रोल्पा जाँदा ७६२ लिटर पेट्रोल खपत भएको भन्दै संसद सचिवालयबाट ८३ हजार ४६५ रुपैयाँ खर्च लिएका छन् । यसबाहेक हवाई जहाज टिकटबापत १८ हजार ७५० रुपैयाँ बुझेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुस ६ मा पोखरा जाँदा जहाज भाडा ७ हजार ५ सय र इन्धनको ५ हजार ५० रुपैयाँ लिएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले कात्तिक ९ देखि १५ सम्म गृहजिल्ला मोरङ जाँदा १७२ लिटर पेट्रोलको खर्च लिएकी छन् । जहाज खर्च ७ हजार ८ सय पनि बुझेकी छन् ।

उपाध्यक्ष शशिकला दाहालले असोज १४ देखि १९ सम्म गृहजिल्ला महोत्तरी जाँदा ११ हजार ६ सय रुपैयाँ इन्धन खर्च लिएकी छन् ।

संसुदसँग सम्बन्ध नै नभएका व्यक्तिगत, राजनीतिक र धार्मिक कार्यक्रम अवलोकन र उद्घाटनमा जाँदासमेत पदाधिकारीले नियमविपरीत तेल खर्च बुझेका हुन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्