आशा लघुवित्तको आईपिओ बाँडफाँड, कतिले पाए ?

जागरण न्युज
काठमाडौं, २५ माघ । आशा लघुवित्तले जारी गरेको आईपिओ शुक्रबार (माघ २५ गते) बाँडफाँड भएको छ । बाँडफाँड लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कूल आवेदकहरु मध्ये २०.३८ प्रतिशत आवेदकले मात्र शेयर शेयर हात पारेका छन भने ७९.६२ प्रतिशत आवेदकको हात खाली भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका छन ।

क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कूल ३ लाख ९ हजार ७८२ आवेदक बाट एक करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।
जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन । बाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाएका हुन । लघुवित्तको आईपिओमा १८.३९ गुणा बढीको आवेदन परेको थियो ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आइपिओ निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्