पश्चिमका केही ठाउँमा आज पानि पर्ने सम्भावना,मौसमविद

काठमाडौं । पश्चिमी क्षेत्रको एक दुई ठाउँमा बुधबार हल्का पानी पर्ने संभावना रहेको मौसमविदले बताएका छन् । दक्षिण–पश्चिमी वायु र दक्षिण–पूर्वी वायुको प्रभावले पश्चिमको एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताए ।

उनका अनुसार अहिले बदली भएको पश्चिमको मौसम दिनभर खुल्ने संभावना छैन । बिहीबारदेखि भने पश्चिमको मौसम केही खुल्ने उहाँले बताए। यस्तै अहिले हुस्सु लागेको काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रको मौसम दिनभर आशिंक बदली हुने मौसमविद प्रधानाङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्