उन्नति माइक्रोफाइनान्सको २० प्रतिशत हकप्रद फागुन १३ गतेदेखि खुल्दै

जागरण न्युज
काठमाडौं, २४ माघ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेबाट २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । वित्तीय संस्थाले ५ः१ को अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । वित्तीय संस्थाको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा चैत्र १७ गतेसम्म आवेदन दिन हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
हकप्रदमा उन्नतीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आबेदन दिन सकिनेछ ।
हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्कासनपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्