काठमाडौं, २३ माघ । अजोड इन्स्योरेन्स लि।र बैंक अफ काठमाण्डू लिमिटेड बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लि.का तर्फवाट सहायक महाप्रबन्धक अनिल अर्याल तथा बैंक अफ काठमाण्डू लि. का तर्फबाट रिसर्च प्रडक्ट डेभलप्मेण्ट तथा बजार बिभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्