जागरण न्युज
काठमाडौं, २३ माघ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (माघ २३ गते) अन्तिम दिन रहेकोे छ । १०० प्रतिशत हकप्रद निष्कासन गर्नको लागि संस्थाले बिहीबार (माघ २४ गते) बुक क्लोज गर्र्दैछ । यसर्थ, लगानीकर्ताले हकप्रद सेयरमा आवेदन गर्न बुधबार भित्र सेयरधनी बनिसक्नुपर्नेछ ।
माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल पाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ छ ।
हकप्रद सेयर बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्