काठमाडौं, २२ माघ । नेपाल टेलिकमले फोनको तिर्न बाँकी रकम आगामी असारसम्म बुझाए सम्पूर्ण जरिवाना रकम मिनाहा गर्ने अवसर दिने भएको छ । नेपाल टेलिकमले आफ्नो १५ औ बार्षिकोत्सवको अवसरमा २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका ग्राहकले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाए सम्पूर्ण जरिवाना छुट हुने आफ्ना ग्राहकहरुलाई अवसर दिएको छ ।
टेलिकमले पहिलो चरणमा प्रिपेड ग्राहकका लागि भारत र चीनमा यो सेवा उपल्बध गराउने तयारी गरेको छ ।
१५ वर्ष सम्म आउँदा नेपाल टेलिकमको ग्राहक आधार ४ लाख २२ हजार रहेकोमा अहिले मुलुकभर ७ वटै जिल्लामा तारसहित र ताररहितका सेवाहरु र डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधार २ करोड १० लाख नाघिसकेको छ । भ्वाइस सेवामा कम्पनीको ग्राहक आधार १३.५१ प्रतिशतले बृद्धि भएको छ ।
मंसिरसम्ममा टेलिघनत्व ७२.५० प्रतिशत पुगिसकेको छ । डाटा सेवा तर्फको ग्राहक आधार मंसिर मसान्तसमम्म १ करोड २० लाख ४ हजार र डाटा घनत्व ४.२५ प्रतिशत पुगेको छ । पछिल्लो पाँच महिनामा मोबाइल डाटाको खपतमा ६० प्रतिशतले बृद्धि भएको छ ।
नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि पनि अन्तर्राष्ट्रिय रोमिङ कल सेवा सुरु गर्ने भएको छ। अहिले पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा अब प्रिपेडमा पनि सुरु गरिने टेलिकमले जनाएको छ।
कम्पनीले पोस्टपेड ग्राहकले यो सुविधा लिँदा लाग्ने धरौटी पनि घटाइसकेको छ। यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा यही जनवरी १ देखि १० हजारमा झारिएको थियो ।
यसैगरी टेलिकमले एक वर्षदेखि निरन्तर एसिएसलमार्फत इन्टरनेट चलाइरहेका ग्राहकलाई अप्टिकल फाइबरमा माइग्रेट हुँदा लाग्ने शुल्कमा सहुलियत दिने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्