नेपाल एग्रो लघुवित्तले गर्ने भयो आइपीओ निष्काशन

जागरण न्युज
काठमाडौं, २२ माघ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओे बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थाको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । राष्ट्र बैंकले यस लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यस कम्पनीले कास्की, पर्वत, प्युठान, बाग्लुङ, गुल्मी, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्