हिमालय उर्जाले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

जागरण न्युज
काठमाडौं, २२ माघ । हिमालय उर्जा विकास कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।
कम्पनीले जारी पुजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।
२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्