निर्वाचन सकिए लगतै इन्धनमा दुई पटक सम्म मूल्यवृद्धि, भावि सरकारले के गर्ला ?
काठमाडौं । निर्वाचन सकिए लगतै नेपाल आयल निगमले २ साता नपुग्दै दुई पटक सम्म पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।अब आउने केपी वलीको सरकारले यसले के गर्ला भन्ने शंका उप शंका उत्पन्न भएको छ ।
निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १/१ रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुरसार वैज्ञानिक मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताए ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।
नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा नाफा छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ ।
मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ । खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ ।
मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्