साधना लघुवित्तको जोखिम ब्यवस्थापन तालिम सम्पन्न

जागरण न्यूज । साधना लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम संम्पन्न गरेको छ । यहि माघ १९ र २० गते तनहुँस्थित होटल बन्दिपुर प्यालेसमा शाखा प्रमुखहरुलाई जोखिम ब्यवस्थापन तालिम संम्पन्न गरेको हो ।
उक्त तालिमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले, अब संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वुद्दितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष घ्यान पुर्याउन शाखा प्रबन्धकहरुलाइ निर्देशन दिनुभयो ।
संस्थाले ब्यवसाय वुद्दि सँगै हुन जाने जोखिम ब्यावस्थापन गर्न र शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्दि गर्ने उदेश्यले जोखिम ब्यवस्थापन र संस्थाको आन्तरिक नियन्त्रण प्रणालिवारेमा यसै वित्तीय संस्थाका प्रतिनिधि संचालक विकास ढुङ्गानाले र ICAN का पुर्व अध्यक्ष तथा FCA प्रकाश जंग थापा र FCA पराक्रम शर्माले सहजिकरण गर्नु भएको थियो ।
हाल सम्म संस्थाले २६ वटा शाखा कार्यलय मार्फत करिब २० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाले हालसम्म सदस्यहरुबाट १४ करोड भन्दा बढी निक्षेप संकलन गरी करीब ६८ करोड कर्जा लगानी गरेको छ ।
वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष कुष्ण बहादुर थापाले तालिमको समापन कार्यक्रममा सहभागि हुदै तालिमवाट शाखा प्रबन्धकहरुलाई आफ्नो कार्य क्षमतामा अभिवुद्दि गराई ब्यवसाय प्रवर्दनमा गुणात्मक सुधारको अपेक्षा गर्दै लघुवित्तको लक्षित समुदाय सम्म पुगेर वित्तीय सेवा वाट बन्चित समुहहरुलाई वित्तीय संस्थाले दिने सेवा पुर्याउन थप उत्साहित भएर लाग्न प्रोत्साहन गर्नु भएको थियो । त्यसै गरी नियमनकारी निकायको पछिल्लो परिपत्रलाई मध्यनजर गर्दै वित्तीय संस्थालाई एउटा सबल र सक्षम राष्ट्रियस्तरको लघुवित्तको रुपमा स्थापित गर्ने गुहकार्य सुरु भएको कुरा पनि जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्