युवा नेता थापाले भने – अब प्रतिपक्षले भोलिदेखि सडक र सदनबाट सरकारलाई आश्‍चर्यचकित गरेर देखाउँछ

काठमाडौं ,माघ २०। नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारलाई अब प्रतिपक्षी नेपाली कांग्रेसले भोलिबाट सडक र सदनबाट आश्‍चर्यचकित पार्ने चेतावनी दिएका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्‍दै नेता थापाले भने, ‘ सरकारले प्रतिपक्षी सुनिएन, देखिएन भनेको होइन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोलिबाट सडक र संसदबाट आश्चर्य चकित पार्ने काम हाम्रो हुनेछ।’
नेता थापाले सरकारले एउटा दुईवटा दिनबाट प्रमुख प्रतिपक्षीलाई सरकारले देखाएको व्‍यवहारले अब सम्बन्ध पहिलाको जस्तो नरहने चेतावनी दिए। उनले भने, ‘ सदन अब चल्छ। तर सरकारले एउटा दुइटा दिनबाट हामीप्रति जुन व्‍यवहार देखाएको छ, सरकारलाई ठीक ठाउँमा ल्‍याउने पनि छौ, त्यो सधैं मनबाट सम्झिरहने छौ, मनमा लिइरहनेछौ र त्‍यो अनुरुपको व्‍यवहार पनि गरिहरनेछौ।’
उनले शान्ति सुरक्षाको बारेमा यत्रो संकल्प गरेको, निर्मला हत्‍याकोबारेमा चासो देखाएको सरकारले किन जिम्‍मेवारी बहन गर्न नसकेको आरोप लगाए। उनले भने, ‘ सरकार आफैं सबै चीज गर्छु भन्छ, तर गर्दैन।जे नगर्नु पर्ने त्‍यो भने गरिरहन्छ।यसले सरकारको काम कारबाहीमा शंका देखिन्छ।’
उनले सरकार अन्तराष्ट्रिय संस्थाले निकालेको रिपोर्टलाई नमानेको भन्‍दै तोडमोड गरेर च्‍यात्नु पर्ने वातावरणको सृजना गरिरहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्