रसुवागढीलाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने ओलीको घोषणा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली सहितका नेताले आज रसुवागढी नाकाको अवलोकन गरेका छन् । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने घोषणा गरेका छन् ।

रसुवागढी नाकाको स्थलगत निरीक्षणपछि ओलीले सो नाकालाई व्यवस्थित बनाउन अब आउने सरकारले ध्यान दिने बताऐ । उनले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताए।
आज हेलिकोप्टरमा रसुवा पुगेका ओलीलेस्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्