लुम्बिनी विकास बैंकको लिलामी सेयर पाँचौपटक माघ २७ देखि खुल्दै

जागरण न्युज
काठमाडौं, २० माघ । लुम्बिनी विकास बैंकको संस्थापक समूहको सेयर पाँचौ पटक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्री हुन निकै कठिन भएको छ । बैंकले यसअघि ४ पटक सम्म बिक्री खुला गर्दा पनि सबै कित्ता नबिकेपछि फेरि पाँचौ पटक माघ २७ गतेदेखि १ लाख ९७ हजार ५९६.४४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । यस लिलामीमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन ।
यस लिलामीमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले गत माघ फागुनमा २० लाख ८ हजार ८७८.४७ कित्ता ९१०५० हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर झन्डै १ वर्ष हुन लाग्दा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएको छैन ।
बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्