काठमाडौं, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको तोक्ने काम प्रदेशको भएकाले कसैको निर्देशन र दबाबमा नामाकरण नहुने बताएका छन् ।
मुख्यमन्त्री कार्यालयलमा आइतबार संचारकर्मीहरुसँगको भेटमा मन्त्री राईले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम दावी गरे ।
मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’ उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।
उनले आजबाट सुरु हुने हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए । प्रदेशसभाको हिउँदे अधिबेशन आइतबारबाट सुरु हुँदैछ । मन्त्री राईले प्रदेश राजधानीको टुङ्गो लगायनको लागि सबै पक्षबाट छलफल भईरहेको प्रष्ट्याए ।
प्रतिक्रिया दिनुहोस्