अगाडि बढायो शिवम् सिमेन्टले आइपीओ निष्काशनको प्रक्रिया

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा आइपीओ निष्कासनको विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको कुल जारी पुँजी ३ अर्ब ७० करोड मध्येको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिवम्ले जनाएको छ ।

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । यसै व्यवस्थालाई आधार मानेर शिभमले १० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी यसै साधारणसभाबाट प्रबन्धपत्र संशोधन गर्ने भएको छ ।

यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्