अत्यधिक चिसो बढेपछि मुस्ताङका विद्यालयहरु बन्द

काठमाडौं । अत्यधिक चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयहरु बन्द भएका छन् । जिल्लाका सामुदायिक विद्यालय, गुम्बा र निजी विद्यालयमध्ये कतिपयले घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् ।

कतिपय विद्यालयले अर्धवार्षिक परीक्षा लिएर पुष महिना शुरु भएसँगै विद्यालयमा हिउँदे बिदा दिएका छन् । स्थानीय बासिन्दाको दैनन्दिन प्रभावित हुनेगरी हिउँ पर्न शुरु गरेपछि हरेक वर्ष मुस्ताङका विद्यालयहरुलाई बेँसीमा सार्ने गरिएको छ ।

मुस्ताङको उत्तरी भाग कोरला नाका आसपास रहेका छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी र लोमान्थाङ लगायतका ठाउँमा रहेका विद्यालय भने कात्तिकमै बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्