जथाभावी चौपाया छाड्ने प्रवृत्तिले सडक दुर्घटना बढ्दै

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने गरेको छ ।

चौपायाका कारण फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुने लगायत नगर क्षेत्रकै सुन्दरतामा समस्या आउने भएकाले चौपाया नियन्त्रण गर्न स्थानीयल आग्रह गरेका छन् । रुपन्देही, तिलोत्तमा नगरपालिकामा गौशाला व्यवस्थापनका विषयमा नगरपालिका र गौशाला व्यवस्थापन समितिको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

छाडा चौपायालाई गौशालासम्म पुर्याउन समस्या भइरहेका बेला नगरपालिकाले व्यवस्थापन समितिसँग गरेको संयुक्त छलफलले सरोकारवाला अन्य निकायसँग सहयोग माग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्