स्वावलम्बन लघुवित्तको दोस्रो त्रैमासको नाफा १७ करोड माथि

जागरण न्युज
काठमाडौं, १८ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ५.४३ प्रतिशतले बढी हो । गत वर्षको यहि अवधिमा १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
वित्तीय संस्थाले चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँबाट बढाएर ६२ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । संस्थाको जगेडा कोषमा ८७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले ६ अर्ब ५८ करोड निक्षेपमा संकलन तथा ४ अर्ब २० करोड सापटी लिएर ११ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तले ९६ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी र ४५ करोड ९६ लाख रुपैयाँ व्याज खर्च गरी ५० करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
लघुवित्तको निष्कृर्य कर्जा अतुपातमा वृद्धि भएको छ । गत वर्ष ०.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात १.०३ प्रतिशतमा पुगेको छ ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ०४ पैसा, मूल्य आम्दानीको अनुपात १५.४५ गुणा बढी छ ।

 

प्रतिक्रिया दिनुहोस्