‘गुजरात र हिमाञ्चलमा फेरि कसको सरकार होला त ?
एजेन्सी । भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी भाजपा ले सरकार बनाउने भएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले सबैभन्दा धेरै सिटी जितेको हो ।
एक सय ८२ सिटका लागि भएको चुनावमा गएको २२ वर्षदेखि सत्तामा रहेको भाजापाले ९९ सिट जितेको छ । भाजपा विजयी धेरै सिटमा विजयी भएपनि उसले सन् २०१२ चुनावमा जति सिट जित्न भने सकेन । राहुल गान्धीको फेरिको चुनाव प्रचार शैली र भाषणको प्रभाव तथा युवा नेताका कारण कांग्रेसले भाजपासँगको दूरी कम गर्न सफल भएको छ ।
कांग्रेसले गुजरात विधानसभाका ७७ सिटमा जित हाँसिल गरेको छ । भाजपाले स्पष्ट बहुमत ल्याए पनि कांग्रेसले चार वर्षअघिको चुनावमा भन्दा १६ सिट बढी जितेको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले सरकार बनाउने भएको छ । ६८ विधानसभा सिट रहेको हिमाञ्चलमा बिजेपीले ४४ तथा कांग्रेसले २१ सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस्