एनएमबिको खुद नाफा १ अर्ब माथि, जगेडा कोषमा कति ?

जागरण न्युज
काठमाडौं, १८ माघ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष एनएमबिले ९६ करोड २७ लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस आ.व.मा गत वर्षको भन्दा खुद नाफा १५.२८% ले बढाएको हो ।
एनएमबिको वितरण योग्य नाफा भने गत वर्षको तुलनामा भने केही घटेको छ । गत वर्ष १ अर्ब ७२ लाख ५९ हजार रुपैयाँ वितरण योग्न नाफा कमाएको थियो भने यो त्रैमासमा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ मात्र कमाएको छ ।

खुद ब्याज आम्दानी ४९.२३% ले बढेर २ अर्ब ५५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा १ अर्ब ३४ करोड ३९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १८.८०% ले बढाएर १ अर्ब ५६ करोड १६ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष एनएमबिले १ अर्ब ३१ करोड ४४ लाख १७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यो त्रैमाससम्म ८८ अर्ब ७ करोड ९ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बंैंकले ८५ अर्ब ३७ करोड ५६ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ८० अर्ब ५५ करोड २६ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब २२ करोड ३१ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यो अवधिमा बैंकको खराब कर्जा घटेर ०.७६% मा झरेको छ । गत वर्ष एनएमबिको खराब कर्जा १.२०% रहेको थियो । बैंकको कस्ट अफ फन्ड ७.३२% रहेको र बेस रेट १०.११% रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकको पुस २६ गते सम्पन्न साधाधरण सभाबाट पारित १०५ बोनस सेयर वितरणपछि भने चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ । जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ ७१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्