ज्योति विकास बैंकको नयाँँ शाखा धरानमा

काठमाडौं, १७ माघ । ज्योति विकास बैंक लि.ले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्वारा एक कार्यक्रमकाबीच बिहिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु.२०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्