काठमाडौं, माघ १७ । विश्वबैंकले नेपालको नविकरणीय ऊर्जा क्षेत्रका लागि करिब ८६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। विश्व बैंकले रणनीतिक जलवायु कोष(एससीएफ)अन्तर्गत ५६ लाख डलर अनुदान र २ लाख डलर ऋणस्वरुप नेपाललाई उपलब्ध गराउन लागेको हो।
उक्त अनुदान तथा ऋण सहयोग निजीक्षेत्रले नेतृत्व गरिरहेका मिनीग्रिड ऊर्जा पहुँच विस्तारका योजनाका लागि उपलब्ध हुने जनाइएको छ।विश्वबैंकको यो सहयोगबाट मिनीग्रिड आयोजना सञ्चालन गरिरहेका निजीक्षेत्रलाई ऋण तथा प्राविधिक सहयोग उपलब्ध हुने विश्व बैंकका वरिष्ठ ऊर्जा विज्ञ सुबोध अधिकारीले जानकारी दिए।
नविकरणीय ऊर्जा क्षेत्रमा निजीक्षेत्रको सहभागितालाई विस्तार गर्दै लैजाने नेपाल सरकारको नीतिअनुरुप कार्यक्रम सञ्चालन गरिने विश्व बैंकले जनाएको छ। कार्यक्रमले नविकरणीय ऊर्जा क्षेत्रमा निजीक्षेत्रको सहभागिताका लागि देखिएको व्यावधान हटाउन पहल गर्ने जनाइएको छ।
नविकरणीय ऊर्जा मिनिग्रिड सञ्चालनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्ने जनाइएको छ। निजी सस्था तथा सहकारीहरुलाई नविकरणीय ऊर्जाका आयोजना निर्माण र सञ्चालनमा पनि सघाउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्