नवलपरासीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । नवलपरासीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका–४ टिसिएन चोकमा सोमबार राति ना ७ ख १८५४ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ज्यान गएको हो ।

ज्यान गुमाउने युवाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । अन्दाजी २२र२३ वर्षका युवाकोे घटनास्थलमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्