सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १६ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कैलाश विकास वैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्र्तगत कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमादाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् भने उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कैलाश विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्