जागरण न्युज
काठमाडौं, १६ माघ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै एस ट्राभल्सले ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भए संगै कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन ।
रंगशालाका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ, अल्का हस्पिटलले २५ लाख, रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने भएको छ ।
साथै वद्री पंगेनी एक लाख १ हजार १११, प्याब्सनकी दिपिका थापा एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट १ लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १÷१ लाख सहयोग गर्ने घोषणा गरेका छन ।
रंगशालालाई झण्डै साढे तीन करोड सहयोगको प्रतिवद्धता आएको फाउण्डेसनले जनाएको छ । रंगशालाको लागत करिब ३ अर्ब अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्