नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता शेयर लिलामीमा आउने

जागरण न्युज
काठमाडौं, १६ माघ । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकोे १०० प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको छ । यस आधारमा ६१ हजार २३६ कित्ता हकप्रद बिक्री हुन सकेन । उक्त बिक्री नभएको सेयर अब वित्तीय संस्थाले लिलामीमा लेराउने छ ।
वित्तीय संस्थालले मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म १६ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
वित्तीय संस्थालले गत वर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरिसकेको छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री र बोनस वितरणपछि चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्