कठमाडौं, १५ माघ । ज्योति विकास बैंक लि.ले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा मंगलबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने तयारमिा बैक रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्